रौतहट, २ असोज । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाअन्तर्गत संचालित रहेका सामुदायिक विद्यालयहरुको बिहीबार गरिएको छड्के अनुगमनको क्रममा १० जना शिक्षक शिक्षिका अनुपस्थित फेला परेका छन् ।
काठमाडौँ, २ असोज । कलाकार सुनैना ठाकुरको एकल मिथिला चित्रकला प्रदर्शनी जापानको टोकियोमा भइरहेको छ ।
जनकपुरधाम, २ असोज । जानकी मन्दिर तोडफोड मुद्दाको जिल्ला अदालत धनुषाले चार वर्षपछि फैसला सुनाएको छ । घटनामा मुछिएका तत्कालीन मधेश आन्दोलनका ८ जना अगुवाले सफाइ पाएका हुन् ।
काठमाडौं, २ असोज । भारतको हरियाणामा हिन्दी दिवसको अवसरमा इन्डो–नेपाल हिन्दी विमर्श एवम् पुरस्कार समारोह आयोजना गरिएको छ ।
बर्दिया, २ असोज । सवारी ज्यान मुद्धाका फरार प्रतिवादी बर्दिया गुलरिया नगरपालिका–८ बस्ने ३१ वर्षीय दशरथ थारु (चौधरी) लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बाँके, २ असोज । कोहलपुर नगरपालिका–१३ स्थित रामजानकी सामुदायिक वनमा कोहलपुर नगरपलिका–१० मुन्नापुर बस्ने ८० वर्षीय सक्कर रावत बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, २ असोज । धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ । राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
कपिलवस्तु, २ असोज । श्री अनिरुद्ध पब्लिक माध्यमिक विद्यालय बैदौलीले आर्थिक वर्ष २०७५।०७६को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । हालसम्म विद्यालयले गरेका गतिविधि र आगामी दिनमा विद्यालयले गर्ने कार्यका विषयमा सामाजिक लेखा परीक्षण गरेको हो ।
जनकपुरधाम, २ असोज । महोत्तरी जिल्लालाई एक कार्यक्रम बीच खुल्ला दिशा मुक्त घोषणा गरिएको छ । जलेश्वरमा आयोजित कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले घोषणा पत्र बाचन गर्दै महोत्तरी जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गरेका हुन् ।
वीरगन्ज, १ असोज । कुटपिट मुद्दामा अदालतबाट सजाय भई विगत ९ वर्ष देखि फरार व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, १ असोज । जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट एपीएफ टोलीले करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता बरामद गरेको छ ।
जनकपुरधाम, १ असोज । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश नं. २ को तथ्यांकसहितको पुस्तक फ्याक्ट्सको विमोचन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री राउतले पुस्तकको विमोचन गरेका हुन् ।
मणि प्रसाद गैह्रे, कपिलवस्तु, १ असोज । प्रदेश नं ५ मा बाँकी रहेको कपिलवस्तु जिल्लालाई एक समारोहका साथ सदरमुकाम तौलिहवामा दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।
काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरमार्फत तीन भाषामा जन्मदिनको शुभकामना दिएका छन् । तीन भाषामा लगातार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् ।
रुपन्देही, ३१ भाद्र । जिल्लाको रोहिणी गाँउपालिका २ स्थित लखौतियाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
मोरङ, ३१ भाद्र । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ सरकारको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङमा जडान सम्पन्न भएको सिसिटिभीको सोही कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच उद्घानटन गरेका छन् ।
राकेश यादव, रौतहट, ३१ भाद्र । जिल्ला समन्वय समिति रौतहटको आयोजनामा सोमबार आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समीक्षा कार्यक्रम गौरस्थित जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको छ ।
कपिलवस्तु, ३० भाद्र । कृष्णनगर नगरपालिका एक कार्यक्रमका बीच खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । नगरप्रमुख रजत प्रताप शाहको अध्यक्षता पूर्वकृषि राज्यमन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख अतिथ्यतामा विशेष कार्यक्रम गरि कृष्णनगर नगरपालिकालाई खुला दिशा मुक्त घोषणा गरिएको हो ।
रुपन्देही, ३० भाद्र । रोहिणी गाउँपालिका–५ रोहिणी पुलस्थित भैरहवा–धकधई सडकमा अपरिचित व्यक्तिले गोली प्रहार गर्दा ओमसतिया गाउँपालिका-५ बस्ने ३५ वर्षीय महेन्द्र कुर्मीको आइतबार दिउँसो मृत्यु भएको छ ।
विराटनगर, ३० भाद्र । शनिबारदेखि मोरङको बिराटनगरमा सुरु भएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी आइतबार सम्पन्न भएको छ ।
वीरगन्ज, ३० भाद्र । राष्ट्रिय बालदिवसको अवसरमा वीरगन्जको छपकैयामा संचालित बालहेल्पलाइन केन्द्रको उदघाटन गरिएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर ३छपकैयामा महानगरपालिका र आवर संसार नेपालको सहकार्यमा संचालित उक्त केन्द्रको उदघाटन नगर प्रमुख बिजय कुमार सरावगीले गरेका छन् ।
वीरगन्ज, ३० भाद्र । सेन्ट जेभियर्स अन्तर्गत रहेका बुद्ध फाउण्डेसनको सभाहलमा युनिसनद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । युनिसनको वार्षिक कार्यक्रमअन्तर्गत बाल दिवसको अवसर पारी अन्तर्विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ ।
इनरुवा, ३० भाद्र । सुनसरीको देवानगञ्ज गाउँपालिका ७ राजगञ्ज सिनुवारीमा रहेको सरस्वती आधारभुत विद्यालयमा नयाँ दुई कोठे भवन निर्माण गरिएको छ ।