कपिलवस्तु, ४ पुस । नेपालमा वन वातावरण तथा चरा संरक्षणमा लागेका ७ प्रदेशका ५० बढी अभियानकर्मी प्रतिनिधिहरू कपिलवस्तुको जगदिशपुर तालमा आएका छन् ।
नेपालगञ्ज, ३ पुस । नेपाल भ्रमण वर्ष २०२० का लागि भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई निमन्त्रणा दिन जाने तयारी भएको छ ।
विराटनगर, ३ पुस । मैथिली भाषा, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न विराटनगरमा दुई दिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।
जनकपुर, ३ पुस । प्रदेश २ को प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि आवश्यक ऐन–कानुन तथा विज्ञहरूको छनोट प्रक्रिया सुरु गरेको छ ।
वीरगञ्ज, ३ पुस । केही दिनदेखि मधेशमा बढेको शीतलहरसँगैको अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बन्न थालेको छ ।
काठमाडौं, ३ पुस । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतमा शान्ति नचाहने तत्वहरूले नेपाल र भुटानको सीमा प्रयोग गर्ने गरेको बताएका छन् ।
काठमाडौं, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
काठमाडौँ, २ पुस । सरकारले चीन र भारतसँगका सीमा समस्या बुझी सूचना संकलन गर्न दुइटा ‘सीमा निरीक्षण समिति’ गठन गरेको छ ।
काठमाडौं, २ पुस । नेपाल–भारत संयुक्त संयन्त्रले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सीमा स्तम्भ मर्मत तथा द्विदेशीय नक्सांकनको काम सुरु गरेको छ ।
काठमाडौं, २ पुस । भारतमा लेफ्टिनेन्ट जनरल मनोज मुकुन्द नरवाने नयाँ सेनापति हुने भएका छन् ।
जनकपुरधाम, २ पुस । दुई दिनयता मधेशमा ह्वात्तै चिसो बढेको छ । हरेक वर्ष चिसोबाट मधेशमा विपन्न वर्ग समुदायका वृद्धवृद्धा तथा बच्चाहरु प्रभावित हुने गरेका छन् । कैयौंको ज्यानसमेत जाने गरेको तथ्यांक छ ।
सुनसरी, १ पुस । सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकालाई भारत सरकारले एम्बुलेन्सल सहयोग गरेको छ ।
काठमाडौं, १ पुस । नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले नेपालको सबै क्षेत्रमा भारत सहयोग गर्न चाहेको बताएका छन् ।
रौतहट, १ पुस । रौतहटमा ठूलो मात्रामा लागूऔषधसहित एक जनालाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।
काठमाडौं, १ पुस । अमेरिकाको न्यूजर्सीमा मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति समारोह मनाइएको छ ।
काठमाडौं, १ पुस । पाकिस्तानको एक विशेष अदालतले देशको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपतिलाई मृत्युदण्ड सुनाएको छ ।
वीरगंज, १ पुस । राष्ट्र जोगाऔं र महेन्द्रवादलाई जगेर्ना गरौं भन्ने नाराका साथ स्वर्गीय राजा महेन्द्र शाहको ९९औं जयन्ती एवम् अस्तिबोध दिवस एक समारोहका बीच वीरगंजमा मनाइएको छ ।
काठमाडौं, ३० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना कर्मचारीका लागि भारतको गुजरातस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटीमा ६ दिने तालिम सुरु भएको छ ।
काठमाडौं, ३० मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापासँग मित्रराष्ट्र भारतीय सेनाका मेजर जनरल गोपाल गुरुङले जंगी अड्डोमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
जनकपुरधाम, ३० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी अनुशासन विपरीत गतिविधि गरेका र पार्टी परित्याग गरेका प्रदेश २ का स्थानीय जनप्रतिनिधिलाई पदमुक्त गर्दैछ ।
कपिलवस्तु, ३० मंसिर । कृष्णनगर नगरपालिका वडा नम्बर २ बाट २५ जना पैदलयात्री राजस्थानका लागि प्रस्थान गरेका छन् । यो यात्रा एक हजार एक सय किलोमीटर लामो रहेको छ ।
काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाई सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् ।