काठमाडौं, १९ फागुन । नेपालको सर्वोच्च अदालतका ३० न्यायिक अधिकारीको पहिलो ब्याचले भारतको जोधपुर राजस्थानस्थित नेशनल ल युनिभर्सिटिमा २०७६ फाल्गुण १९ गतेदेखि ‘मुद्दा मामिला तथा अदालत व्यवस्थापन’ बारे ७ दिने प्रशिक्षण शुरु गरेका छन् ।
जनकपुरधाम, १९ फागुन । मिथिलाञ्चलमा आजदेखि नै विधिवत् होलीको सुरुवात भएको छ । त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर रङ अबिर खेलेका विश्वासमा यात्रीले फागु पर्वको सुरुवात गर्ने परम्परा छ ।
काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल शल्यक्रियाको कामना गरेका छन् ।
विराटनगर, १९ फागुन । औषधि व्यवस्था विभाग विराटनगरका विभिन्न फार्मेसीबाट म्याद गुज्रिएको औषधि बरामद गरेको छ ।
मणिप्रसाद गैेह्र, कपिलवस्तु, १९ फागुन । कपिलवस्तुको सदरमुकाम तौलिहवामा सातौं प्राचीन कपिलवस्तु महोत्सव लाग्ने भएको छ ।
तौलिहवा, १९ फागुन । सरकारले पुस्तकमा लगाएको कर, पेट्रोलियम पर्दाथमा गरेको मुल्य वृद्धि र सरकारमा बसैकै मन्त्रीहरुले गरेको भष्ट्राचार विरुद्ध नेपाल विद्यार्थी संघले सडक आन्दोलन गरेको छ ।
काठमाडौं, १८ फागुन । नेपालसँग औपचारिक समझदारी हुनुअगावै काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम थाल्न भारतले तयारी गरेको छ ।
काठमाडौं, १८ फागुन । सुरक्षित समाज र दिगो शान्ति निर्माण, अपराधको प्रकृति र त्यसको नियन्त्रणको लागि स्थानीय नागरिकहरूले दिएको सुझाव अनुरुप अगाडि बढ्ने प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् ।
काठमाडौं, १८ फागुन । पेट्रोल र डिजेलमा लगाइएको कर फिर्ता गर्न समाजवादी पार्टीकी सांसद सरिता गिरीले आग्रह गरेकी छिन् ।
रौतहट, १८ फागुन । लामो समयदेखि बिवादको कारण अडकिएको फतुवा बिजयपुरको तेस्रो नगरसभा अगामी २२ गते हुने भएको छ ।
काठमाडौं, १८ फागुन । चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर देखिन थालेको छ ।
नयाँ दिल्ली, १८ फागुन । गत वर्ष ४० जना भारतीय अर्धसैनिक बलको ज्यान जानेगरी भएको आत्मघाती बम आक्रमणको अनुसन्धानको सिलसिलामा एकजना महत्वपूर्ण अभियुक्त पक्राउ परेका छन् ।
काठमाडौं, १८ फागुन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् ।
नयाँदिल्ली, १७ फागुन । भारतमा पछिल्लो दुई महिनादेखि जारी नागरिकता कानुनको पक्ष र विपक्षमा विवाद चलिरहँदा भारतीय राज्यसभा सांसद मोबाशेर जावेद अख्तर (एमजे अकबर)ले जेनेभामा युरोपेली सांसदहरुसँग छलफल गरेका छन् ।
काठमाडौं, १७ फागुन । विकराल अवस्थामा रहेको नेपालको कृषि र किसान समस्याहरुबारे सरकारलाई गम्भीर हुन सरोकारवालाहरुले ध्यानाकर्षण गराएको छ ।
कपिलवस्तु, १७ फागुन । जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर १ बढायामा इन्डो–नेपाल सामाजिक मंचद्वारा कम्बल वितरण गरिएको छ ।
काठमाडौं, १७ फागुन । सूचनालाई व्यक्तिको अनुहार हेरेर प्राथमिकता होइन कार्य प्रकृति हेरेर अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मातहत कार्याहरूका अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कार्मचारीहरूलाई शुक्रबार दिउसो नेपाल पुलिस क्लव भृकुटी मण्डपमा निर्देशन दिदै सो कुरा बताएका छन् ।
काठमाडौं, १७ फागुन । सवै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दीगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
वीरगंज १७ फागुन । पर्सा जिल्लाको ४ नगरपालिकामध्ये बहुदरमाई नगरपालिकामा देखा परेको अन्यौलता र भ्रष्ट मानसिकताको कारण त्यहाँको सर्वसाधारण दिनप्रतिदिन निराश बन्दै छन् ।
सुनसरी, १६ फागुन । प्रधानसेनापति पूर्णचन्द्र थापाले एक विशेष समारोहका बीच सुनसरी जिल्लाको इटहरीस्थित नवनिर्मित ५० सैय्या क्षमता भएको सैनिक अस्पतालको उद्घाटन गरेका छन् ।
काठमाडौं, १६ फागुन । कोरोना भाइरस (कोविड–१९) को प्रकोपका कारण एक महिनादेखि बन्द चीनसँगको नाका खोल्ने नेपाली अधिकारीहरुको प्रस्ताव चिनियाँ पक्षले अस्वीकार गरेको छ ।
काठमाडौं, १६ फागुन । परराष्ट्र मन्त्रालयले गोरखा सैनिकका विषयमा सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धि पुनरावलोकनका लागि बेलायतलाई पठाएको प्रस्तावको गोरखा भूतपूर्ण सैनिक संघ (गेसो) ले स्वागत गरेको छ ।
काठमाडौं, १६ फागुन । ‘इन्टरनेशनल एजुकेशनल अवार्ड–२०२०’ यो वर्ष डीएभी सुशील केडिया विश्व भारती विद्यालयले प्राप्त गरेको छ ।
जनकपुरधाम, १६ फागुन । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीइले संघीयता कार्यान्वयनका लागि संघ सरकारबाट इमान्दार प्रयास हुन नसकेको आरोप लगाएका छन् ।