जनकपुरधाम, २८ पुस । जनकपुरधामकी स्व. पत्रकार उमा सिंहको नाममा रु.पाँच लाख राशीको अक्षयकोष स्थापना गरिएको छ ।
कपिलवस्तु, २८ पुस । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बीच नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको छ ।
कपिलवस्तु, २८ पुस । बुद्धभूमि नगरपालिकाले आइतबार छैठौं नगर सभा गरेको छ । गोरुसिंगेमा सम्पन्न भएको नगर सभामा बुद्धभूमि नगरपालिकाको शिक्षा ऐन २०७६ सर्वसम्मत ढंगले पारित भएको छ ।
काठमाडौं, २८ पुस । गृहसचिव प्रेम कुमार राई तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजका निर्देशक प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र वैदेशिक रोजगार विभागका
काठमाडौं, २७ पुस । पोखरामा वर्षमा करिब डेढ लाख भारतीय पर्यटक भित्रिन्छन् । ती मध्ये आधाजति धार्मिक उद्देश्यले भित्रिएका भारतीय पाहुना हुन्छन् ।
काठमाडौं, २७ पुस । नेपाल र भारतबीच भएको पारबाहन सम्बन्धिसन्धि तत्कालका लागि नविकरण भएको छ ।
काठमाडौं, २७ पुस । एक अपहरित युवतीको उद्धारका लागि भारतले नेपाललाई अनुरोध गरेको छ । भारत सरकारले औपचारिक पत्र नै पठाएर नेपाल सरकारलाई अनुरोध गरेको हो ।
बारा, २७ पुस । निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा काटिएका रुखको क्षतिपूर्तिबापत नेपाली सेनाले वृक्षरोपण गर्ने तयारी थालेको छ ।
वीरगञ्ज, २७ पुस । पर्साका छुट्टाछुट्टै दुई स्थानमा आगलागी भएको छ । घटनामा ८ लाख बराबरका धनमाल जलेर नष्ट भएको छ । वीरगञ्ज महानगरपालिका र जगरनाथपुर गाउँपालिकामा आगलागी भएको हो ।
चितवन, २७ पुस । पूर्वी चितवनका थारु जातिले माघी (खिचरा) पर्वको अवसरमा आयोजना गरेको सातौं संस्करणको ‘खिचरा महोत्सव २०७६’ सुरु भएको छ ।
विराटनगर, २७ पुस । विराटनगर महानरनगरपालिकाको बुधनगरमा एकीकृत जाँच चौकी (आईसीपी)को निर्माण सम्पन्न भएको छ । भारतीय पक्षले जनवरी महिनाभित्रै नेपाललाई आईसीपी हस्तान्तरण गर्ने तयारी गरेको छ ।
काठमाडौं, २७ पुस । जनकपुरकी पत्रकार उमा सिंह हत्याको ११ वर्ष पूरा भएको छ । वि.सं. २०६५ साल पुष २७ गते साँझ करिब साढे ७ बजे जनकपुरको रजौलस्थित आफ्नै डेरामा पत्रकार सिंहको धारिलो हतियार प्रहार गरि वीभत्स तरिकाले हत्या गरिएको थियो ।
विराटनगर, २७ पुस । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाको नवनिर्वाचित पदाधिकारीहरूले शनिवार पदभार ग्रहण गरेका छन् ।
जनकपुरधाम, २७ पुस । माघे संक्रान्तिको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा हुने भएको छ । संक्रान्तिको अवसरमा बिदा दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।
वीरगन्ज, २६ पुस । वीरगन्जस्थित भारतको महावाणिज्य दूतावासले विश्व हिन्दी दिवस तथा हिन्दी कवि सम्मेलन सम्पन्न गरेको छ ।
जनकपुरधाम, २६ पुस । मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तहका प्रमुख उपप्रमुख रहने प्रदेश समन्वय परिषदको तेस्रो बैठक शनिबारदेखि महोत्तरीको बर्दिवासमा शुरु भएको छ ।
वीरगंज, २६ पुस । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले जी पी प्रथम प्रदेश स्तरिय गोल्ड कपको समितिहरुको चयन गरेको छ ।
वीरगंज, २६ पुस । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ पर्सा (क्यान महासंघ) को भोलेन्टियर मिट सम्पन्न भएको छ ।
कपिलवस्तु, २५ पुस । पुसको समयमा पानी परेपछि चिसो र ठण्डीले गर्भवती महिलाहरुलाई सताउन लगेपछि शुद्धोधन गाउँपालिकाले गर्भवती महिलाहरुलाई कम्बल वितरण गरेको छ ।
इटहरी, २५ पुस । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले ३६ बर्ष देखि साङ्गलोमा बाँधिएर राखेका एक जना व्यक्तिको उद्धार गरेकी छन् ।
वीरगन्ज, २५ पुस । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले भारतीय पर्यटकीय सवारीसाधनलाई रोक नलगाउन आग्रह गरेका छन् ।
काठमाडौं, २५ पुस । भारतले विदेशबाट पाम आयल आयातमा प्रतिबन्ध लगाए पनि यस्तो प्रतिबन्ध मलेसियाका लागि मात्रै भएको जनाएको छ ।
काठमाडौं, २५ पुस । काठमाडौंस्थित भारतीय राजदूतावास तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हिन्दी केन्द्रीय संयुक्त विभागले विश्व हिन्दी दिवस मनाएको छ ।