1/3/2020

काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंकले १३औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको छ ।

1/2/2020

काठमाडौं, १७ पुस । अर्घाखाँचीको छत्रदेव गाउँपालिका—७ देउरालीमा एनआइसी एसिया बैंकले आफ्नो शाखारहित बैंकिङ सेवाकेन्द्र सञ्चालन गरेको छ । छत्रदेव गाउँपालिका—७ का अध्यक्ष शोभाखर पाण्डेले शाखारहित बैंकिङ सेवाकेन्द्रकोे उद्घाटन गरेका हुन् । कृष्णप्रसाद पाण्डेलाइ बैंकले शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

1/2/2020

काठमाडौं, १७ पुस । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘ग्रिन डबल फिक्सड डिपोजीट’ नामक योजना सञ्चालन गरेको छ । बैंकले योजनाअन्तर्गत खोलिएको खातामा साढे सात वर्षमा पैसा डबल हुने बताएको छ ।

1/2/2020

काठमाडौं, १७ पुस । सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच हालै विभिन्न सेवासुविधामा छुट दिइनेसम्बन्धी सम्झौता भएको छ । सेवाग्रहीले त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालका विभिन्न सेवामा छुट पाउने भएका छन् ।

1/1/2020

काठमाडौं, १७ पुस । सन्राइज बैंकले आफ्ना ग्राहकलाई होटेल सांग्रिलामा छुट दिने भएको छ । ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ । त्यसैक्रममा बैंकले होटेल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटेल सांग्रिलामा सम्झौता गरेको छ ।

12/31/2019

काठमाडौं, १५ पुस । भायनेटले नव वर्ष २०२० को अवसरमा ग्राहकका लागि ‘ट्रिपल ट्वान्टी अफर’ सञ्चालनमा ल्याएको छ । नव वर्ष २०२० को सुमधुर सुरुवातका लागि २९ एमबिपिएसको नयाँ इन्टरनेट प्लान ल्याएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

12/31/2019

काठमाडौं, १५ पुस । महालक्ष्मी विकास बैंकले नक्सालस्थित नन्दी माध्यामिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । विद्यार्थीका लागि बास्केटबल कोर्ट, टेबल टेनिस र्बोडलगायत खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।

12/31/2019

काठमाडौं, १५ पुस । नेपाल टेलिकमले बिक्री—वितरण गर्दै आएको नयाँ जीएसएम÷सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मुल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ । आगामी २०७६ पुस १६ देखि यसमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुनेछ ।

12/30/2019

काठमाडौं, १४ पुस । ग्राहकहरुलाई आवश्यकताअनुसार घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यले आइएमई जनरल इन्स्योरेन्स कम्पनीले घुम्ती सेवा सुरु गरेकोे छ ।

12/30/2019

काठमाडौं, १४ पुस । सिद्धार्थ बैंकले हालैमा १७ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा सिद्धार्थ बैंकले देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

12/29/2019

काठमाडौं, १४ पुस । । बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागि १५ लाख रुपैयाँसम्मको कर्जा सुविधा सहजरुपमा प्रदान गर्ने उद्देश्यका साथ ‘महिला उद्यमशील कर्जा’ योजना सञ्चालनमा ल्याएको हो ।

12/29/2019

काठमाडौं, १४ पुस । नेपाल बंगलादेश बैंकले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही पुस १२ गते शनिबार कमलादी, काठमाडौंस्थित प्रधान कार्यालयबाट वित्तीय साक्षरताको नारा लिई प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।

12/29/2019

काठमाडौं, १४ पुस । सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस हस्पिटलबीच सम्झौता भएको छ । बैंकले अस्पतालले दिने विभिन्न सेवा सुविधाहरुमा आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने विषयमा सम्झौता गरेको हो ।

12/29/2019

काठमाडौं, १३ पुस । सिद्धार्थ बैंकले आफ्नो सेवा सुविधालाई थप सहज र प्रविधिमैत्री बनाउनलाई सस्तो टिकेटसँग सहकार्य गर्दै विशेष सुविधा ल्याएको छ । सिद्धार्थ बैंकले विगत १७ वर्ष देखि उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

12/29/2019

काठमाडौं, १३ पुस । नेपालको बिईगं ह्युमन क्लोथिङको ’रिब्रान्डीङ’ गरिएको छ ।

12/27/2019

काठमाडौं, ११ पुस । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, साँगा, बनेपा–१४, काभ्रेपलाञ्चोकको छैंठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

12/27/2019

काठमाडौं, ११ पुस । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

12/27/2019

काठमाडौं, ११ पुस । यही आउँदो पुस १२ गते सुजुकी ब्राण्डका गाडीको आधिकारीक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले शनिवार ‘सुपर स्याटरडे’ आयोजना गर्ने भएको छ ।

12/25/2019

काठमाडौं, ९ पुस । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले ई( कमर्स प्लेटफार्म सस्तोडिलरसँग सहकार्य ) गरेको छ । उक्त सहकार्य अनुसार आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै सेल ए ब्रेसन अफरको लागि सहर्काय गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

12/25/2019

काठमाडौं, ९ पुस । जस्मिन पेन्ट्स प्रालिले २५ वर्षको व्यवसायिक यात्रा पुरा गरेको छ । यसै अवसरमा चितवनस्थित मनकामना ग्रुप अन्तर्गत जस्मिन पेन्ट्स प्रालिले रजतजयन्ती महोत्सव आयोजना गरेको छ ।

12/25/2019

काठमाडौं, ९ पुस । पायोनियर मोटो कर्पले नेपालभर चार सय ५० भन्दा बढी निसान किक्स गाडी बिक्री गरिसकेको छ । यही उपलक्ष्यमा आफ्ना ग्राहकलाई विशेष लाभ सहितको योजना ल्याएको छ । पायोनियर नेपालका लागि निसान र डयाटसन गाडीको आधिकारिक बिक्रेता हो ।

12/25/2019

काठमाडौं, ९ पुस । नेपालीका लागि उच्च गुण्स्तरीय घरायसी सामग्री आपुर्ति गर्दै आएको जनाउँदै जाडोका लागि हिन्डवेयर, लाइफर, पोलार र सन्फेल्मको सामाग्री वितरण गर्दै आएको गायत्री एण्ड सन्स प्रालिले जनाएको छ ।

12/25/2019

काठमाडौं, ९ पुस । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा नेपाल जनप्रशासन संघ(पान) द्वारा स्थापित ‘हेमबहादुर मल्ल सम्मान पुरस्कार ’ नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ ।

12/24/2019

काठमाडौं, ८ पुस । धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पताल र सेञ्चुरी कमर्सियल बैंकबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ ।

12/24/2019

काठमाडौं, ८ पुस । काठमाडौंको मुटु कमलपोखरीमा रहेको व्यावसायिक भवन सिटी सेन्टरले विगतझै नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विशेष कार्यक्रम ‘सिटी सेन्टर विन्टर फेष्ट विथ म्यासिभ सेल’ को घोषणा गरेको छ ।

ट्रेन्डिङ